अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा भोली माघ २० गते पूर्व प्रधानमन्त्री एवम जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई भेटघाट तथा प्रशिक्षण कार्यक्रमका लागि आउने भएका छन् ।
पश्चिम नेपालका विभिन्न जिल्लामा कार्यकर्ता भेटघाट तथा प्रशिक्षणका क्रममा भोली माघ २० गते उनी सन्धिखर्कमा आउने भएका हुन् । सोही अवसरमा सन्धिखर्कको होटल साथीमा भोली बिहान ८:०० बजे प्रेस नेपालको आयोजनामा पत्रकार सम्मेलन हुने भएको छ ।
उता हिजो जनता समाजबादी पार्टी अर्घाखाँचीले सन्धिखर्कमा माघ २० गते बृहत् अन्तरक्रिया कार्यक्रम गर्ने जानकारी दिएको छ ।
सन्धिखर्कको एक होटेलमा गरिएको पत्रकार सम्मेलनमा कार्यक्रम सम्बन्धी जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य कमल खनालले कार्यक्रम सम्बन्धी प्रकाश पारेका थिए ।
पत्रकार सम्मेलनमा जनता समाजबादी पार्टी का लुम्बिनि प्रदेश सचिब टोपबहादुर बलाल , जिल्ला अध्यक्ष जिबलाल खड्का लगायतको उपस्थिती थियो ।
जनता समाजबादी पार्टीको कार्यक्रम अनुसार नेता बाबुराम भट्टराई माघ १९ गते राती अर्घाखाँचीमा आउने ,माघ २० गते बिहान पत्रकार भेट कार्यक्रम , त्यस पछि आन्तरिक भेटघाट र दिउँसो १ बजे देखि सन्धिखर्कको सभाहलमा बृहत् अन्तरक्रिया कार्यक्रम रहेको बताइएको छ ।
माघ २० गते सन्धिखर्कमा हुने कार्यक्रमका बारेमा प्रकाश पार्दै जनता समाजबादी पार्टीका केन्द्रिय सदस्य कमल खनालले ओलिको प्रतिगमनको बिरुद एक चरण तराइमा बिरोध सहित पार्टी समायोजन कार्यक्रम सम्पन्न भएको बताए ।उनले अर्घाखाँचीमा पनि पार्टी समायोजन सहित अन्तरक्रिया हुने कुरा प्रष्ट पारे ।
प्रचन्डलाइ भट्टराईले भेट्नुको उदेस्य प्रतिगामी कु का विरुद्ध आन्दोलनमा एक्यवद्धताको प्रयासको लागि मात्रै भएको खनालको भनाइ छ ।ठुला तीन पार्टी एक भए कसैको केही नगल्ने भन्दै उनले सांसद पुनर्स्थापना पछिको नेतृत्व काङ्ग्रेसले गररे निकाश खुल्ने बताए ।
प्रचण्डको गाइडलाइन क्लियर नभएको ले उनलाइ स्विकार गर्न नसकिने पनि नेता खनालको तर्क छ ।