अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा पनि काेराेना बिरुद्धकाे खाेप आइसकेकाे छ ।
आज पहिलाे चरणमा नगरपालिकाका स्वास्थ्यकर्मी तथा स्वास्थ स्वयमसेबिकाहरुलाइ खाेप लगाएरखाेपकाे सुरुवात गरेकाे शितगंगा नगरपालिकाका स्वास्थ शाखा प्रमुख कृष्ण पाैडेलले जानकारी दिनु भयाे । नगरपालिकाका अग्रपंक्तिमा रहने स्वास्थकर्मी सरसफाइकर्मी लगायतका लागि २४७ डाेज खाेप नगरमा आएकाे स्वास्थशाखा प्रमुख पाैडेलले जानकारी दिनु भयाे ।
आज पहिलाे चरणमा १६० जनामा खाेप लगाइएकाे छ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर विपिन ढकालले पहिलाे खाेप लगाएर ओैपचारिक सुरु गर्नुभएकाे थियाे लगताै आज उपस्थित १६० जनामा खाेप लगाइएकाे छ । खाेप लगाएकाहरु सम्पर्कमा रहेकाे र कुनै नकारात्मक असर अहिले सम्म नरहेकाे बताईएकाे छ ।
यस्तै खाेप लगाएका स्वास्थ्यकर्मी हरि वचन चाैधरीले कुनै असर नरहेकाे र खाेप लगाए पछि झन उत्साहित भएकाे प्रतिक्रिया दिनु भयाे । बाकी रहेका स्वास्थ्यकर्मी हरुलाइ केही दिनमै खाेप दिने तयारि रहेकाे स्वास्थ्य शाखा प्रमुख पाैडेलले जानकारी दिनु भयाे ।