अर्घाखाँचीमा जनता समाजबादी पार्टीको आयोजनामा बृहत अन्तरक्रिया सम्पन्न (भिडियोमा बाबुराम भट्टराई)
माघ २० गते, २०७७ मा प्रकाशित
केशवराज ज्ञवाली । फोटो: दिपेन्द्र पौडेल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा जनता समाजबादी पार्टीले बृहत् अन्तरक्रिया कार्यक्रम गरेको छ । सन्धिखर्कको सभाहलमा गरिएको उक्त कार्यक्रममा जिल्लामा सक्रिय दलका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै जनता समाजबादी पर्टिका संयोजक तथा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रतिगमनका बिरुद्ध एकजुट भएर लड्नुपर्ने बताए । सरकारले चालेका गतिबिधिले लोकतन्त्र कमजोर भैरहेको बेलामा सम्पुर्ण लोकतन्त्रबादी शक्तिहरु एकै ठाउमा उभिनु पर्ने जोड दिए ।नेता भट्टराईले जिल्ला तह बाटै एकजुट भएर लाग्न सबैलाइ अपिल गरे ।
नेपाली काङ्ग्रेसको नेतृत्वमा आन्दोलन गरेर संसद पुनर्स्थापना गरि बिधि र पद्धति स्थापित गर्न आफू सक्रिय रहेको भन्दै उनले काङ्ग्रेसलाई खुट्टा नकमाउन अनुरोध गरे । अहिले सम्मका लोकतान्त्रिक आन्दोलनको अगुवाइ काङ्ग्रेसले गरेकाले अहिले पनि देश संकटमा परेको बेला अघि बढेर अगुवाइ गर्न आग्रह गरे ।
नेता भट्टराईले बास्तबमा बार्ह बुदे सहमती रोल्पाको स्याउली गाउँमा भएको बताउदै गिरिजाबाबुको स्वास्थ र सुरक्षाको कारण दिल्लिमा गएर प्रमाणित गरिएको जनाए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै काङ्ग्रेस अर्घाखाँचीका पुर्व सभापती तथा सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसालले सत्ता पक्षनै सडकमा देखेर आफू आष्चर्यमा परेको बताए ।अन्तरक्रिया कार्यक्रममा काङ्ग्रेस जिल्ला सभापती बिष्णु खनाल , ज . स . पा . नेता दान बाहादुर चौधरी ,ने . क . पा. दाहाल नेपाल समुहका नेता राम बहादुर चौहान , सन्धिखर्क नगरपालिकाका उप प्रमुख ठाकुर बि. क. , राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष गोपाल पौडेल लगायतको उपस्थिती थियो ।