चुत्राबेसीको भद्रीखोलाका अपांगता भएका दुई व्यक्तिलाई खाद्यन्न सामाग्री सहयोग
माघ २१ गते, २०७७ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता / श्याम घिमिरे
चुत्राबेसी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका वार्ड नम्बर २ चुत्राबेसीको भद्रीखोलाका अपांगता भएका दुई व्यक्तिलाई खाद्यन्न सामाग्री सहयोग भएको छ ।
चुत्राबेसीको भद्रीखोलाका अपांगता भएका दुई व्यक्तिलाई सनपा २ की महिला सदस्य मिना सावतले खाद्यन्न सामाग्री सहयोग गर्नुभएको हो ।
भद्रीखोला निवासी प्रकाश परीयार र गाडी दुर्घटनामा परी अपांग भएका शम्भु बादीलाई आज एक कार्यक्रममा बिच खाद्यसामाग्री बितरण गरीएको हो ।
कार्यक्रममा सनपा २ का वडाअध्यक्ष मोतिजंग रायमाझी,सदस्यहरु शुश्मा श्रेष्ठ, यमलाल पौडेल,हिमबहादुर मुखिया, वार्ड नम्बर १ का वडासदस्य आशा परीयार, लगायतको उपस्थीति रहेको थियो ।
कार्यक्रम संयुक्त दलित अधिकारकर्मी संजालका संयोजक बिष्णु परियारको सन्चालनमा सम्पन्न भएको हो ।