पाणिनी गाँउपालिकामा विपद पुर्व तयारी तथा प्रतिकार्य योजना सम्बन्धी कार्यक्रम सम्पन्न, डिआरजी सुमनलाई महत्वपूर्ण ज़िम्मेदारी

डिआरजी सुमन
पाणिनी, अर्घाखाँची (अर्घाखाँचीडट्कम/व्युरो रिपोर्ट) । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिकामा  विपद तथा जलवायु उत्थानशिल योजना र विपद पुर्वतयारी तथा प्रतिकार्य योजना को मस्यौदा माथी छलफल कार्यक्रम  सम्पन्न भएको छ । पालिका स्तरिय विपद व्यावस्थापन योजनालाई अन्तिमरुप दिने उद्देश्य ले आयोजित कार्यक्रममा फागुनको पहिलो हप्ताभित्र मस्यौदाको अन्तिम रुप आउने स्रोत व्याक्तिको भनाई छ । 
पाणिनी गाँउपालिका अध्यक्ष अच्युत गौतमको अध्यक्षता , उपाध्यक्ष लक्ष्मी गौतम,पाणिनी गाँउ पालिका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरे, आठऔटै वडा अध्यक्ष लगायतका जनप्रतिनिधी,पाणिनी पर्यटन समाज का अध्यक्ष झविन सुनाम, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरुको को उपस्थिति रहेको कार्यक्रम ईन्दिरा भूसाल ले संचालन गर्नुभएको थियो । 
स्थानीय विपद तथा जलवायु उत्थानशिल योजना र विपद पुर्वतयारी तथा प्रतिकार्य योजना अन्तर्गत विभिन्न विषयगत समिती वनेका छन। प्रभावित क्षेत्रको सही सूचना संकलन , स्थानीय विपद तथा जलवायु उत्थानशिल योजना र विपद पुर्वतयारी तथा प्रतिकार्ययोजना व्यवस्थापन , प्रमाणीकरण र प्रसारण गर्ने र सो को आधारमा राहत सेवालाई सहज बनाउन सहयोग पुरयाउने  तथा आपतकालिन अवस्थामा संचारको सेवालाई वैकल्पिक संचारका साधन मार्फत निरन्तर गर्ने उद्देश्यले डिआरजी सुमन प्रमुख रहने गरी समिती गठन गरिएको छ ।
विभिन्न विपद कार्यमा क्रियाशीलता जनाउदै समाजसेवीको रुपमा आफ्नो वेग्लै पहिचान वनाएका स्वतन्त्र पत्रकार एवं अर्घाखाँचीडटकम् समाचार सम्पादक, परराष्ट्र मामिला तथा व्युरो प्रमुख डिआरजी सुमनको नेतृत्वमा स.क.अ.नन्दा भट्टराई, स.क.अ.रविन्द्रन्यौपाने, पाणिनी न्युज डटकम् सम्पादक पत्रकार माधव वेलवासे सदस्य रहने गरी सूचना संकलन , व्यवस्थापन , प्रमाणीकरण र प्रसारण समिती तोकिएको छ । 
तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम् ।

अन्य समाचारहरु