अर्घाखाँचीडट्कम संवाददाता
ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत हाते ट्याक्टर मर्मत सम्बन्धि एक हप्ते तालिमको आज समापन भएको छ ।
छत्रदेव गाउँपालिकाको आयोजना र मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालय लुम्बिनी प्रदेशको आर्थिक सहयोगमा एक हप्ते तालिमको आयोजना गरिएको थियो।
कृषि पेशा प्रविधि मैत्री बने संगै गाउँगाउँमा भित्रिएका हाते ट्याक्टर बिग्रदा मर्मत गर्ने दक्ष प्राविधिकहरु नहुदा समस्या हुन थालेपछि हाते ट्याकटर मर्मत सम्बन्धि तालिम सञ्चालन गरिएको छत्रदेव गाउँ पालिकाका का .वा.अध्यक्ष तुल्सिदेवी श्रेष्ठले बताउनु भयो ।
तालिममा गाउँपालिकामा रहेका ८ वटा वडाका एक एक जना गरी ८ जनाको सहभागिता थियो। सहभागी सबै प्रशिक्षार्थी लाई मर्मत सामाग्री हस्तान्तरण गरिएको थियो ।
समापन समारोहमा छत्रदेव गाउँपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत बुद्दिराम न्यौपाने , वडा न ५ का अध्यक्ष बालकृष्ण श्रेष्ठ , मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम छत्रदेव गाउँपालिका सिफारिस समितिका सदस्य रुपा पान्डेय, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, छत्रदेव गाउँपालिकाका पशु शाखा प्रमुख उमानाथ पन्थी , कर्मचारीहरु कृष्ण पन्थी ,शिव बर्मा, लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सन्चालन मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका सहजकर्ता भरत न्यौपानेले गर्नुभएको थियो ।