अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची आर्युबेद स्वास्थ केन्द्र सन्धिखर्कको आयोजनामा तीन दिने क्षमता अभिबृदी पुनर्ताजगी तालिम सम्पन्न भएको छ।
सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशका विशेषज्ञ आर्युबेद चिकित्सक डा. प्रवेश श्रीवास्तबको नेतृत्वमा आएको विशेषज्ञ टोलीले आर्युबेद स्वास्थकर्मीहरुको क्षमता अभिबृदी गर्ने , पन्च कर्म तथा पुर्ब कर्म सेवा, योगकलास तथा शारीरिक ब्याम, तथ्यांक ब्याबस्थापन लगायतका बिषयमा तालिम दिएका थिए ।
स्वास्थ केन्द्र आर्युबेद औंषधालय तथा भर्खरै स्थानीय पालिका स्तरमा स्थापना भएका नागरिक आरोग्य केन्द्रमा कार्यरत स्वास्थकर्मीहरुलाई तालिम दिइएको थियो ।
तालिममा पतन्जली आर्युबेद मेडिकोलोजिस्ट उपप्रधापक डा. मदन भन्डारी , धुलिखेल काभ्रे का विशेषज्ञ आर्युबेद चिकित्सक डा. प्रेरक रेग्मी तथा अर्घाखाँची आर्युबेद स्वास्थ केन्द्र का प्रमुख डा. अर्जुन राज शर्माले सहभागीहरुलाइ तालिम दिएका थिए ।
प्राटिकल्ली रूपमा दिइएको तालिम ले स्थानीय स्तर मा सेवा प्रदान गर्न फलदायी बनेको उक्त कार्यलयमा कार्यरत बरिस्ठ बैध पशुपति पन्थी ले बताएका छन् ।
तिनदिन सम्म संचालित तालिमको ब्याबस्थापन अर्घाखाँची आर्युबेद स्वास्थ केन्द्र ले गरेको आर्युबेद स्वास्थ केन्द्रका कबिराज सूचना अधिकारी कमल प्रसाद आचार्यले जनाएका छन।