जलुकेका एक युवाको प्यूठानमा जीप दुर्घट्नामा परी मृत्यु

अर्घाखाँचीडट्कम संवाददाता  
सरुमारानी, प्यूठान (अर्घाखाँचीडट्कम) । प्यूठानमा भएको स्कोरपियो दुर्घट्नामा परी अर्घाखाँचीको शितगंगा नगरपालिका वार्ड नम्बर ७ जलुकेका एक जना युवाको मृत्यु भएको छ । 
प्यूठानको सरुमारानी–६ मोतीपुरमा भएको स्कोरपियो दुर्घट्नामा परी अर्घाखाँचीको शितगंगा नगरपालिका वार्ड नम्बर ७ जलुकेका ४२ वर्षीय टंकबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको हो । 
ब्रेक फेल भएका कारण स्कारपियो दुर्घटना भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा अन्य ३ जना गम्भीर घाइते भएका छन्। उनीहरूको प्यूठान जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहको छ । गाडीमा जम्मा एघार जना यात्रु सवार थिए। गाडी सडकबाट ५० मिटर तल खसेको छ ।
दाङको भालुवाङबाट रोल्पाको सुलिचौरका लागि छुटेको रा १ ज ८०९ नम्वरको स्कारपियो शुक्रबार बिहान प्यूठानको सरुमारानी–६ मोतीपुरमा दुर्घटनामा परेको प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनील मल्लले  अर्घाखाँचीडट्कमलाई बताउनुभयो।