अर्घाखाँचीमा कांग्रेसका सुभेच्छुक संघ -संस्थाहरुकाे बिराेध कार्यक्रम सम्पन्न | प्रधानमन्त्री ओली पन्च र्याली गर्दै हिडेका छन्: मुस्कान (भिडियो, फोटो सहित)
माघ २४ गते, २०७७ मा प्रकाशित
केशवराज ज्ञवाली फोटो: दीपेन्द्र पौडेल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिती अर्घाखाँचीका सभापति बिष्णु प्रसाद खनाल मुस्कानले प्रधानमन्त्री ओलीले पन्च र्याली गरेको अरोप लगाएका छन् ।
आज नेपाली काङ्ग्रेसका सुभेच्छुक संघ संस्थाको अगुवाइमा अर्घाखाँचीमा गरिएको बिरोध र्यालीपछिको सभालाइ सम्बोधन गर्दै उनले येसो भनेका हुन ।
उनले कुनै पनि पेशागत कर्मचारी तथा ब्यबसायी काङ्ग्रेस पार्टी समर्थित भएको कारण समस्या परेमा काङ्ग्रेसले बचाउ गर्ने बताए । नेता मुस्कानले काङ्रेसलाइ नजिस्काउन चेतावनी दिदै बिगतका दिनहरुमा पनि काङ्रेसका कारणनै निरंकुश साशन सत्ताहरु ढलेको बताए । उनले प्रधानमन्त्रीको दम खुस्किसके छ भन्दै बिगतका दिनमा आख्यान र टुक्का भन्ने ओलि कमजोर बन्दै गएको र अब सरकार ढल्न धेरै दिन नरहेको दाबि गरे ।
सरकारले एक पछि अर्को गर्दै गैर संबैधानिक कदम चालिरहेको उदाहरण दिदै नेता मुकानले न्यायालयले पनि संविधानको मर्म बुजेर छिटो निर्णय गर्नेछ भन्ने बिस्वास राखे । उनले बिरोध कार्यक्रम सफल पारेकोमा सबै सुभेच्छुक संघ संस्थालाई धन्यबाद पनि दिए ।
यस्तै बिरोध सभामा बोल्दै नेपाली काङ्ग्रेस अर्घाखाँचीका पुर्व सभापति कमल प्रसाद भुसालले प्रधानमन्त्री ओलि हास्यकलाकार भएको बताए । उनले आफ्नो ४० बर्षको राजनितिक अनुभवमा सत्ता पक्ष सडकमा नारा लगाएको पहिलो पटक देखेको र अचम्ममा परेको बताए ।
बिरोधसभामा नेपाल ट्रेड युनियन काङ्ग्रेस , लोकतान्त्रिक गैरसरकारी संस्था महासघ , नेपाल शिक्षक सघ जिल्ला कार्य समिती का प्रतिनिधि लगायतले बिरोध मन्तव्य राखेका थिए ।
नेपाली काङ्ग्रेसका सुभेच्छुक संघ संस्था तथा पेशागत संघ संगठनको नेतृत्वमा अर्घाखाँचीमा सरकारले गरेको संसद विघटन र असम्बैधानिक कदमका बिरुद्द बिरोध जुलुस सहित बिरोध सभा सम्पन्न भएको हो । काङ्ग्रेस समर्थित १८ वटा सुभेच्छुक संघ संस्थाको अगुवाइमा अर्घाखाँचीको सन्धिखर्कमा बिरोध कार्यक्रम गरिएको हो ।
ओलि सरकारले प्रतिनिधि सभा विघटन गरे देखि काङ्ग्रेस विभिन्न तवरले सडकमा छ ।त्यसै अन्तरगत दोस्रो चरणको आन्दोलनका एक अंसका रुपमा आजको कार्यक्रम गरिएको हो ।जुलुस सन्धिखर्क र चुत्रबेसिका सबै गल्लिहरु परिक्रमा गरि शान्ती बगैंचामा आएर बिरोधसभामा परिणत भएको हो ।