अर्घाखाँचीमा ओली पक्ष भनिएका युबा संघका जिल्ला कमिटी सह-संयोजक खनाल प्रचण्ड- नेपाल खेमामा लागे

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) निकट युबा संघ नेपाल अर्घाखाँची जिल्ला कमिटीका सह-संयोजक  प्रकाश खनाल प्रचण्ड- नेपाल खेमामा लागेका छन् । 
ओली पक्ष भनिएका नेकपा निकट युबा संघ नेपाल अर्घाखाँची जिल्ला कमिटीका सह-संयोजक  प्रकाश खनाल अन्ततः प्रचण्ड- नेपाल खेमामा लागेका हुन् । 
मालारानी गाउँ पालिका वडा नम्बर ४ खनका खनालले निरन्तरको राजनीतिक बैचारिक सम्बाद पश्चात् आफुलाई अग्रगमनको पक्षमा उभ्याउने निस्कर्ष सहित प्रचण्ड- नेपाल खेमामा लागेको बताएका छन् ।
खनालले परिवार सहित पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटेको फोटो समेत सार्वजनिक गरेका छन् ।  
उता जिल्लामा ओली पक्ष र प्रचण्ड- नेपाल खेमाले निरन्तर दैनिक जसो भेला गोष्टी गरिरहेका छन् । भने आफ्नो – आफ्नो बलियो उपस्थिती रहेको दावी गर्दै आएका छन् ।