नरपानीको दहखोला, ठाडामा ट्राफिक सचेतनामुलक प्रहरीको प्रशिक्षण कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
दहखोला, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको नरपानीको दहखोला, ठाडामा ट्राफिक सचेतनामुलक प्रहरीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सवारी दुर्घटना न्युनिकरण प्रभावकारी ट्राफिक ब्यबस्थापन गरी सवारी चालकहरुलाई सडक संकेत बोर्ड प्रयोग सम्बन्धि प्रशिक्षण कार्यक्रम अन्तरगत आज सन्धिखर्क नगरपालिका वार्ड नं. ६ नरपानीको दहखोला स्थित अस्थाई ट्राफिक प्रहरी पोष्ट नरपानीबाट खटिएको संयुक्त ट्राफिक चेकिङ  टोलीले चालक सह-चालक १ पटकमा २५  जना र अस्थाई ट्राफिक प्रहरी पोस्ट ठाडा बाट खटिएको ट्राफिक चेकिङ टोलिले शितगंगा  नगरपालिका वार्ड नं ३ ठाडा  स्थित गोरुसिङगे सन्धिखर्क सडक खण्डमा चेकिङ टोलीले चालक सर्बसाधरण १ पटकमा २५ जना गरी जम्मा २ पटकमा ५० जनालाई सडकमै जम्मा गरी सडकमा राखिएका बिभिन्न किसिमका सडक संकेत बोर्ड हरु र ट्राफिक सचेतनामुलक होडिङ बोर्ड हरु को बारेमा प्रशिक्षण ,मौसमको कारणले हुने सवारी दुर्घटना कुहिरो ,हुस्सु, हिमपात, सितलहरको कारणले सडक चिप्लो भई हुने दुर्घटना ,सवारी साधनमा यात्रा गर्दा वा सडक प्रयोग गर्दा अपनाउनु पर्ने साबधानि ,सवारी साधनमा यात्रा गर्दा ध्यान दिनु पर्ने कुराहरु  तथा अन्य ट्राफिक सम्बन्धि,महिला हिंसा,यौनजन्य दुर्ब्यवहार महिला हिंसा भएमा तत्काल प्रहरी लाई खबर गर्नुपर्ने फोन नम्बर हरु, घरायसि हिंसा र यस बारे महिला सचेतना  सम्बन्धि प्रशिक्षण दिईएको थियो । 
सोही अवसरमा  ट्राफिक जनचेतनामुलक पर्चा पम्लेट समेत बितरण गरिएको थियो ।