अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा प्रचण्ड- नेपाल खेमाको नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) निकट अखिल नेपाल महिला संघ ( अनेमसंघ) अर्घाखाँची जिल्ला संघष समितिले प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालय, नेपाल सरकार, महिला तथा बालबालिका जेष्ठ नागरिक मन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन् ।
प्रधानमन्त्री केपि शर्मा ओलीले पौष ५ गते नेपालको जारी संबैधानिकको ठाडो उल्लंघन गरि असंबैधानिक, अलोकतान्त्रिक एबम स्वच्छकारी ढंगबाट प्रतिनिसभा विघटन गर्ने प्रतिगमनकारीको विरुद्ध अनेमसंघले ज्ञापनपत्र बुझाएको हो ।
अनेमसंघका केन्द्रिय सदस्यद्वय छम कुमारी खनाल चिनारी र कमला भन्डारी भुसालको नेतृत्वमा गएको महिलाहरुको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापालाई ज्ञापन पत्र बुझाएको थियो ।
ज्ञापन पत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी थापाले उक्त ज्ञापन पत्र सम्माननिय प्रधानमन्त्री नेपाल सरकारलाई पठाइदिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।