अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा कोरोना संक्रमितको संख्यामा कमी आएको छ । अहिले जिल्लाभर १६ जना मात्र संक्रमितहरु रहेका छन् । जसमा सन्धिखर्कमा ७ जना, शितगंगा नगरपालिकामा २, मालारानीमा ५ र छत्रदेवमा २ जना रहेका छन् । साथै भूमिकास्थान र पाणिनी कोरोना मुक्त भएका छन् । यि दुई पालिकामा संक्रमितको संख्या शुन्य रहेको छ ।
उत जिल्लामा आजसम्म संक्रमितको संख्या ७९७ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३७८ जना, शितगंगा नगरपालिकामा १०८, भूमिकास्थान नगरपालिकामा १३४, मालारानीमा ९०, पाणिनी गाउँपालिकामा ३३ र छत्रदेव गाउँपालिकामा ५४ जना संक्रमित रहेका छन् ।
यस्तै जिल्लाबाट आजसम्म ७६८ जनाले कोरोना जितेर घर फर्केका छन् । जसमा सन्धिखर्क नगरपालिकामा ३६६ जना, शितगंगा नगरपालिकामा १०४, भूमिकास्थान नगरपालिकामा १३१, मालारानीमा ८४, पाणिनी गाउँपालिकामा ३१ र छत्रदेव गाउँपालिकामा ५२ जनाले कोरोनालाई जितेका हुन् ।
अर्घाखाँचीडट्कमको विवरण अनुसार जिल्लामा कोरोनाका कारण १४ जनाको निधन भएको छ ।
आईतबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा १६ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
उता अर्घाखाँची जिल्लामा कोरोना खोप लगाउने कार्यक्रम जारी छ ।