धर्मराज पन्थी
लुधियाना (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वार्ड नं ५ मैदान स्थायी निवासी वावुराम घिमिरेले भारतमा रहेर पनि सामाजिक कार्यलाई निरन्तरता दिएका छन् ।
केही दिन पहिला आफ्नो कान्छोछोराको जन्मिदिनको अवसरमा डिआरजी सुमन फ़ैन्स कल्व मार्फ़त यस अधि पाणिनी पर्यटन समाज अर्घाखाँचीको लागी कार्यालय भवन निर्माणको लागी जग्गा उपलब्ध गराउने प्रतिवद्दता गरिसकेका घिमिरेले आफ्नो ठुलो छोराको जन्मिदिनको अवसरमा लुधियाना को विआएरएस आई वल्कमा रहेको एकता पव्लिक स्कुलमा अध्यायनरत विद्यार्थीलाई कापी र क़लम वितरण गराएर सामाजिक काम गरेका छन । वावुराम घिमिरे र मिना घिमिरेको ठुलो छोरा कक्षा ४ मा अध्यायनरत विद्यार्थी चेतनारायण घिमिरेले आफ्नो ११ औँ वर्षमा प्रवेश गरेको अवसर शैक्षिक सामग्री वितरण गरिएको हो ।
पाणिनी पर्यटन समाज अर्घाखाँचीका अन्तराष्ट्रीय प्रतिनिधि वावुराम घिमिरे न्यु सागर एण्ड सगरमाथा टुर एण्ड टैवल्स का एमडी पनि हुनु हुन्छ । व्यावसायि तथा समाजसेवी वावुराम घिमिरे अर्घाखाँची डटकम व्युरो प्रमुख डिआरजी सुमन को भारत यात्रामा प्रत्यक्ष रुपमा सहयोग पनि गरेका थिए । डिआरजी सुमन फ़ैन्स कल्वका सदस्य समेत रहेका घिमिरेले फजुल खर्च कटाएर सामाजिक सेवामा लगाउन सुरु गरेर राम्रो उदाहरण सुरु गरेको डिआरजी सुमन फ़ैन्स कल्व अध्यक्ष चिरन खड्काको भनाई छ ।
डिआरजी सुमन फ़ैन्स कल्वले समय समयमा देश विदेशमा विपतमा परेका समुदायलाई राहत सहयोग गर्ने कार्यमा निरन्तरता दिदै आएको छ ।
तस्वीर धर्मराज पन्थी/अर्घाखाँची डटकम् ।