अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा क्यान महासंघ जिल्ला शाखा अर्घाखाँचीको प्रथम साधारण सभा एवम् अधिबेशन सम्पन्न भएको छ ।
सन्धिखर्कमा क्यान महासंघ जिल्ला शाखा अर्घाखाँचीको प्रथम साधारण सभा एवम् अधिबेशन नयाँ कार्यसमितिको अध्यक्षमा दिपक नेपालीलाई चयन गर्दै सोमबार सम्पन्न भएको हो ।
यस्तै क्यान महासंघ जिल्ला शाखा अर्घाखाँचीको कार्यसमितिको उपाध्यक्षमा बिनोद गैरे, सचिवमा प्रकाश भुसाल, सह सचिवमा दिपक अधिकारी, कोषाध्यक्षमा ऋषिकेश भट्टराई र सदस्यहरुमा बिष्णु प्रसाद भुसाल, बाबुराम ताम्राकार, साबित्रा भुसाल र प्रकाश बिक रहेका छन् ।
क्यान महासंघ अर्घाखाँची शाखाका संयोजकत्व दिपक नेपालीको अध्यक्षता, क्यान महासंघ केन्द्रीय सदस्य तथा जिल्ला शाखा विस्तारका सह संयोजक सुदिप शर्माको प्रमुख आतित्थता, क्यान महासंघ केन्द्रीय सदस्य नारायण प्रसाद श्रेष्ठको विशिष्ट आतित्थता, र क्यान महासंघ अर्घाखाँची शाखाका पूर्व अध्यक्ष मनिस सिंह क्ष्ऋत् फर युथ इमपावरमेन्ट कमिटी कोचेयर का प्रतिनिधि विशाल महतको विशेष आतिथ्यतामा सम्पन्न भएको छ ।
प्रमुख आतिथि शर्माले अव क्यान महासंघमा आईटि सम्बन्धी र कम्प्युटर क्षेत्रमा कम्तीमा २ वर्ष कार्य अनुभव भएको व्यक्तिहरुलाई पनि संस्थामा आवद्ध गरी जिल्लामा आईटी सम्बन्धी बलियो आधार संगै व्यक्तित्व विकासका साथै सबै मिलेर संस्थालाई बलियो बनाउन समेत सुझाव दिएका छन् उक्त कार्यक्रममा प्रकाश भुसालको स्वागत मन्तव्य र विनोद गैरेको संचालनमा सम्पन्न भएको छ।