अर्घाखाँचीमा आजसम्म १,३७८ जनाले कोरोना खोप लगाए, अब जिल्लाका सबै कर्मचारी र प्रहरीहरुलाई लगाइने

अर्घाखाँचीडट्कम संवाददाता   
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा अहिलेसम्म १,३७८ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् । 
नेपाल सरकारले तोकेअनुसार अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्य क्षेत्रका १,३७८ जना व्यक्तिहरुलाई खोप दिईएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले अर्घाखाँचीडट्कमलाई जनाएको छ ।
कोभिशिल्ड नामक खोप पहिलो चरणमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, महिला स्वास्थ्य स्वंय सेबिका, सुरक्षाकर्मी र एम्बुलेन्स चालकलाई लगाईएको हो ।
अब दोस्रो चरणको लागि विभिन्न १४ वटा सरकारी कार्यालय तथा संस्थानहरुको नामावली केन्द्तमा पठाइएको छ । केन्द्रको आदेश अनुसार पुन: खोप लगाउन शुरु गरिने छ । अहिले पठाइएका लिस्टहरुमा पनि पत्रकारको शुची पठाइएको छैन् । 
जिल्लामा अब कर्मचारीहरु र प्रहरीहरुलाई खोप लगाउन शुरु गरिने छ । दोस्रो चरणमा खोप लगाउनको लागि अर्घाखाँचीमा सरकारी कर्मचारी, बिद्धुत टेलिकम लगायत संस्थानका कर्मचारीहरु र नेपाल प्रहरीको लिस्ट केन्द्रमा पठाइएको जनस्वास्थ शाखाका एचए बिजय बिकले डट्कमलाई जानकारी दिए । 
उता अर्घाखाँचीमा कोरोना मुक्त नजिक पुगेको छ । जिल्लाभर १६ जना सक्रिय संक्रमितहरु मात्र रहेका छन् ।