अर्घाखाँचीमा मसाल निकट युबक संघद्धारा स्थापना दिवसको अबसरमा बिरामीहरुलाई फलफुल बितरण
माघ २७ गते, २०७७ मा प्रकाशित
बसन्त खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पतालमा भर्ना भई उपचाररत बिरामीहरुलाई नेकपा मसाल निकट अखिल नेपाल युबक संघ जिल्ला समिति अर्घाखाँचीले आज फलफुल बितरण गरेको छ ।
संघले आफ्नो ४० औं स्थापना दिवसको अबसरमा बिरामीहरुको मनोबल र रोग प्रतिरोध क्षमता वृद्धि गर्ने उदेश्यले फलफुल बितरण गरेको हो ।
जिल्ला अस्पताल अर्घाखाँचीमा गरेको सो कार्यको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कपिल गौतमले खुलेर प्रसंशा गर्नुभयो । वहाँले संघलाइ धन्यवाद दिदै आउँदा दिनमा अस्पताललाइ जतिसक्यो सुधारको बाटो तर्फ डोर्याउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
फलफुल बितरण कार्यक्रममा युबक संघ अर्घाखाँचीका जिल्ला समितिका सम्पुर्ण पदाधिकारी , राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका जिल्ला समिति पदाधिकारीहरु र पत्रकारहरुको उपस्थिति थियो ।