अर्घाखाँचीमा बृहत कृषि प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम सम्पन्न (फोटो फिचर)

केशबराज ज्ञवाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा बृहत कृषि मेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
अर्घाखाँची कृषि सहकारी केन्द्र र कृषि ज्ञान केन्द्रको संयुक्त आयोजनमा सम्पन्न कार्यक्रम सन्धिखर्क स्थित कृषि सहकारी बजारमा भएको हो ।
मेलामा जिल्लाका विभिन्न स्थानहरु बाट कृषक हरुले आफ्ना उत्पादनहरु लिएर आएका थिए । मेलामा सहभागी उत्कृष्ट उत्पादनलाइ पुरस्कार पनि बितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अथिती लुम्बिनी प्रदेश सदस्य रामजी प्रसाद घिमिरेले सहकारी बजार स्थापना भएपछी अब बिचौलियाहरुका दिन सकिएको घोषणा गरे । उनले कृषिको बिकासनै देशको समृद्धिको आधार भएको जोड दिदै स्मार्ट कृषि र एकीकृत कृषि योजनाको बर्णन गरे ।
यस्तै मेलालाइ सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले सहकारी बजारबाट कृषकलाइ लाभ हुनेमा बिस्वास गरे । कार्यक्रममा जनचेतनामुलक गित संगित र नृत्य प्रस्तुत गरिएको थियो ।