अर्घाखाँचीडट्कम सम्वाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाल प्रेस युनियन अर्घाखाँचीकाे तेस्रो बैठक सम्पन्न भएको छ ।
युनियनको मुखपत्र विकासका लागि सञ्चार नामक स्मारिका प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते विमाेचन गर्ने बैठकले निर्णय गरेको छ । कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न गर्न विभिन्न समिति गठन गरेको छ ।
प्रेस युनियनको आगामी जेठ १३ र १४ गते हुने केन्द्रीय महाधिवेशनकाे स्थान नताेकिएकाले महाधिवेशन अर्घाखाँचीमा गर्न केन्द्रीय समितिलाई प्रस्ताव गर्ने र युनियन अर्घाखाँची शाखा आयाेजक बन्न तयार रहेको बैठकले निर्णय गरेको छ ।
साथै भाेली बिहीबार हुने नेपाल पत्रकार महासंघको साधारणसभालाई सफल रूपमा सम्पन्न गर्न युनियनले सहयोगी भूमिका निर्बाह गर्ने निर्णय गरेको छ ।
बैठक प्रेस युनियनका जिल्ला अध्यक्ष वीरेन्द्र केसीको अध्यक्षता र सचिव विष्णुप्रसाद खनालकाे सञ्चालनमा सम्पन्न बैठकमा युनियनका सल्लाहकार नीमबहादुर रिजाल, पुर्बअध्यक्ष एव सल्लाहकार सुर्यप्रसाद भुसाल, पार्सद प्रेमनारायण आचार्य लगायतका युनियनकर्मीकाे उपस्थितिमा बैठक सम्पन्न भएको हाे ।