अर्घाखाँचीमा जनता समाजबादी पार्टीद्वारा मशाल सहित बिरोध कार्यक्रम सम्पन्न (भिडियो,फोटो फिचर)
माघ २८ गते, २०७७ मा प्रकाशित
केशबराज ज्ञवाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा जनता समाजबादी पार्टीले प्रतिनिधि सभाको विघटनको बिरुद्धमा मसाल जुलुश सहित बिरोध कार्यक्रम गरेको छ ।
सन्धिखर्कमा गरिएको उक्त कार्यक्रममा सरकारले गरेका असम्बैधानिक कदमहरुको चर्को बिरोध गरिएको थियो ।
सन्धिखर्कको हललाइनबाट निकालिएको मसाल जुलुश प्रहरीको अबरोधपछि एकै ठाउँमा उभिएर नाराबाजी र कोण सभा गर्दै समापन गरिएको थियो ।