अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं (अर्घाखाँचीडट्कम) । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीले आफू नेकपा दाहाल–नेपाल समूहमा जान लागेको भनेर हल्ला चलाइएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन्।
मन्त्री रायमाझीले बिहीबार विज्ञप्ति जारी गर्दै आफ्नोबारेमा गरिएको कु–प्रचार र भ्रमको पछि नलाग्न आग्रह गरेका हुन्।
‘दूरदर्शी, लोकप्रिय कार्यहरुबाट अत्तालिएर मूलधारभन्दा बाहिर सडकमा रहेका र पद बिना रहनै नसक्ने केही नेताहरु र उहाँहरुबाट सञ्चालित केही मिडिया र सामाजिक सञ्जालहरुमा आम जनतामा भ्रम फैलाउने गरी गरिएको दुष्प्रचारप्रति खेद प्रकट गर्दछौँ,’ मन्त्री रायमाझीका तर्फबाट प्रमुख स्वकीय सचिव लिला जिसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।