सुपादेउरालीमा औशीको दिन पारेर सरसफाई अभियान सम्पन्न (भिडियो, फोटो सहित)
माघ २९ गते, २०७७ मा प्रकाशित
झनक के.सी
सुपादेउराली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको प्रसिद्ध मन्दिर सुपादेउरालीमा औशीको दिन पारेर सरसफाई अभियान सम्पन्न भएको छ ।
औशीको दिन पारेर शितगंगा नगरपालिका र सन्धिखर्क नगरपालिकाका युवाहरुको संयुक्त आयोजनामा प्रसिद्ध मन्दिर सुपादेउराली सरसफाई गरिएको हो ।
बिगत केही महिनादेखि सरसफाई अभियानकर्ता भनेर चिनिने हरि खनालको नेतृत्वमा शितगंगा भुवनपाटाका नयाँ सोच युवा समुहको टिम लगायत स्थानिय बासिन्दा नेपाल प्रहरीहरुको टिमले आज बिहान करिब ४ घन्टा सुपादेउराली मन्दिर परिसर सरसफाइ गरेको थियो।
मन्दिरको झ्याल ढोका भित्ता सबै ठाउँमा सरफ पानीले धोएर सफा गरिएको थियो। आज भक्तजनहरु पनि धेरै नआउने भएकोले आजकै दिन पारेर सरसफाई गरिएको संयोजक हरि खनाले बताएका थिए । त्यस्तै १०औ हप्ता लगाएर डमरु दह पनि सफा गरेको खनालले बताए । अबका दिनमा धार्मिक स्थल स्कुलहरुपनि सरसफाई गर्ने अभियान रहेको बताएका छन् ।