माघ ३ गते शनिवार ओली पक्षले सन्धिखर्कमा गरेको सभा सकिएपछि बसमा फर्कदै गरेका कार्यकर्ताहरु ।
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाबाट ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भोली फागुन १ गते शनिबार बुटवलमा गर्ने शक्ति प्रदर्शनका लागि दशौ हजार कार्यकर्ता लैजाने तयारी गरेको छ ।
ओली पक्षको नेकपाको तयारी अनुसार फागुन १ गते बिहान जिल्लाका सबै ६ स्थानिय तहबाट कम्तीमा पनि २० हजार बढी जनता लैजाने तयारी गरेको छ । यसको लागि दर्जनौ बसहरु भाडामा लिएको छ । भने जिल्लामा चल्ने लगभग सबै बसहरु रिजर्व गरिएको नेकपाका स्थानिय नेताहरुले बताए ।
कार्यक्रममा पार्टीका वार्ड कमिटी, टाेल कमिटी अध्यक्ष, सचिवसम्म, जनसंगठनका पालिका कमिटीसम्मलाई सहभागी गराउने, कार्यक्रममा जाने सहभागीहरूलाइ कार्यक्रमकाे उद्वेश्य र महत्वकाे बारे अभिमुखिकरण गरेर लैजाने बताइएको छ ।
उता पार्टीको जिल्ला कमिटीले बुटवलमा २० हजार जनता लैजान जिल्लाभर तयारी गरेको छ । भने गाडी जाने समय रुट तोकेको छ । जसमा छत्रदेव र पाणिनीबाट जाने गाडीले ढाेरपाटन बाटाे हुँदै गएर १०.३० मा सालझण्डी पुग्ने, भुमिकास्थान, मालारानी र सन्धिखर्कका वार्डहरूबाट जाने गाडी बिहान ७.३० वजे सन्धिखर्क आईपुग्ने, सन्धिखर्क, मालारानी र भुमिकास्थानका गाडी बिहान ७.३० वजे सन्धिखर्कबाट छुट्ने, १०.३० वजे सालझण्डी पुग्ने, भुमिकास्थान १० धनचाैरबाट जाने गाडीले जुकेना अमराई बाटाे हुँदै जाने, शितगंगाका सबै वडाबाट जाने गाडी १०.३० मा सालझण्डी पुग्ने छन् ।
यस्तै अर्घाखाँचीबाट जाने सबै गाडी बिहान १०:३० वजे सालझण्डी जम्मा भएर बुटवल जाने बताइएको छ ।
साथै शक्ति प्रदर्शनमा जाने कार्यकर्तालाई अरु नियम पनि लगाइएको छ जसमा प्रत्येक गाडीमा १/१ जना टाेली प्रमुख चयन गरि गाडी ब्यवस्थापन गर्नुपर्नेछ, कुनै समस्या परेमा आ-आफ्नाे पालिकाकाे ब्यवस्थापकहरूसंग समन्वय गर्ने, टाेली प्रमुखले सहभागीहरूलाई सुरक्षित यात्राकाे लागि ब्यवस्थापन गर्ने, गाडीकाे छतमा चढ्न निषेध गर्ने,. काेभिड १९ काे जाेखिम कायम नै रहेकाेले सहभागीहरूले न्युनतम स्वास्थ्य मापदण्ड अनिवार्य अपनाएर गाडीमा चढ्ने रहेका छन् ।
उता प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलका अनुसार शनिबार बुटवल–७ को सिद्धेश्वर माविको मैदानमा हुने सभामा रूपन्देही जिल्लाबाट एक लाख र अन्य जिल्लावाट एकलाख गरी २ लाख जनता जुटाउने तयारी गरिएको छ ।
माघ ३ गते शनिवार ओली पक्षले सन्धिखर्कमा गरेको सभा ।