सिमलपानीको बिक्रमसोता–पावरा-पिपरा जोड्ने सडक पुलको उर्जामन्त्री रायमाझीद्धारा शिलान्यास (फोटो सहित)

अराज बेल्बासे / अर्घाखाँचीडट्कम संवाददाता   
सिमलपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १४ सिमलपानीको बिक्रमसोता–पावरा – पिपरा सडकको बाणगंगा नदीमा निर्माण हुन लागेको पक्की पुलको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । 
सिमलपानीको बिक्रमसोता–पावरा – पिपरा सडकको बाणगंगा नदीमा निर्माण हुन लागेको पक्की पुलको शिलान्यास उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीले एक कार्यक्रमका बीच गर्नुभएको हो । 
आज सिलन्यास भएको पुलको कुल बजेट ९ करोड ८० लाख १६ हजार रहेको छ । सो बाणगङ्गा नदिमा बन्न गइरहेको पुल ३० महिना भित्र निर्माण सप्पन्न हुने निर्माण कप्पनिले बताएको छ । पावर बिक्रम जोडने  पुल नहुदा बर्खामा स्थानियबासी र बिद्यार्थिहरुले निकै जोखिम मोलेर वारपार गर्नुलर्ने बाध्यता रहेको थियो । 
शिलान्यास कार्यक्रममा नगर प्रमुख सुर्य अधिकारी, नगर उपप्रमुख टीका बहादुर रेश्मी, वार्ड अध्यक्ष दामाेदर न्याैपाने, सदस्यहरु चुमा गाहा, मन कला विक, लाल बहादुर पाण्डे, निम बहादुर साेमै मगर लगायतको उपस्थिती रहेको थियो । 
सिमलपानीमा पर्ने तराई क्षेत्रको केही भागमा पर्ने कपिलवस्तुको बैरियाबाट शितगंगाका १४ र १३ वार्ड भेडामारे ठाडा हुँदै सन्धिखर्क पुग्ने बाणगंगा खोलामा मोटररेवल पुलको निर्माण कार्य शुरु भएको छ।
बिगत  ५,७ बर्ष अघिदेखिको लामो अथक प्रयासबाट उक्त खोलामा पुल बन्ने पक्का भएको हो।
२०७४ सालको स्थानीय  चुनाब भए प्रश्यात स्थानीय जनप्रतिनिधिहरुको पहलमा डिपिआर गरि पटक पटक संघिय सरकारसँग अनुरोध गरे प्रश्यात संघिय सरकारले रु.१३ करोड २५ लाख  बिनियोजन भई २ बर्ष भित्र सम्पन्न गर्ने गरि सम्झौता भई पुलको निर्माण कार्य शुरु भएको हो ।
पुलको सगुन कन्ट्रक्सन प्रा. लि बुटवलले करिव एक महिना अघिदेखि  निर्माण कार्य गरिरहेको नगर उपप्रमुख टीका बहादुर रेश्मीले बताएका छन् ।
बिगत ५,७ बर्ष अगाडि नै बन्नु पर्ने  उक्त पुल जिल्लाका नेताहरुको पौच नहुनुको कारणपछि परेको त्यहाँका स्थानीय चुरा कार्की  र हरि टन्डन बताउछन्  ।

अन्य समाचारहरु