विक्रम आचार्य
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका क्षेत्रका अत्यावश्यक बाहेक अन्य पसलहरु मंगलबार बन्द गर्ने निर्णय भएको छ । शितगंगा उद्योग वाणिज्य संघको शुक्रबार बसेको बैठकले मंगलबार बन्द गर्ने निर्णय गरेको हो ।
यस अघि बजार शनिवार बन्द हुने निर्णय भएको थियो भने अब मंगलबार बन्द गर्ने र अन्य दिन खोल्ने निर्णय गरिएको संघले जनाएको छ । सोही बैठकले शनिवारका दिन हाट बजार लगाउने निर्णय समेत गरेको छ ।
सोही अवसरमा उद्योग वाणिज्य संघको सदस्यमा मनोनित सदस्यहरु लाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो । बैठकबाट सल्लाहकार सदस्य समेत गठन गरेको छ ।
फागुन ८ गते शनिबार कर कार्यालयबाट संचालन गरिने अभिभुखिकरण कार्यक्रममा उपस्थितिको लागि सम्पूर्ण व्यवसायीहरू लाई अनुरोध समेत गरेको छ ।