विप्लव नेतृत्वको नेकपा, फाइल फोटो (२०७३ आषाढ १६, विहीवार)
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले २६ औं जनयुद्ध दिवस मनाएको छ ।
शितगंगा नगरपालिकामा भएको कार्यक्रमलाई सम्वोधन गदै जिल्ला ईन्चार्ज कमल केसीले जनयुद्धका उपलब्धीलाई सबैले रक्षा गनुपर्ने बताउँदै जनयुद्धका उपलब्धीलाई केही प्रतिगामी प्रश्यगमनकारीले बेचेर खाए पनि जनयुदमा सहिद बेपत्ता घाइते परिबारको योगदान लाई कहिले पनि नविर्सने बताउनुभएको थियो ।
मालारानी गाँउपालिकामा आयोजित कार्यक्रमलाई सम्वोधन गदै जिल्ला सेक्रेटरी माहुरीले जनयुद्धलाई केही तत्बले कुर्चीसीत साटे समग्र रुपमा जनयुद उपलब्धीलाई सबै मिलेर रक्षा गनुपर्ने बताउदै सेक्रेटरी माहुरीले सहिद परिबार घाईते बेपत्ता परिबारको सपनालाई साकार पार्नको लागि आफुहरु निरन्तर रुपमा लाग्ने बताएका थिए । जनयुद दिबसमा अबसरमा नेकपाले हिजो जिल्लाका विभिन्न स्थानमा मसाल जुलुस पनि निकालेको थियो ।
उता भुमिगत नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले २६ औं जनयुद्ध दिवसको पुर्वसन्ध्यामा शुक्रबार साँझ सन्धिखर्क लगायत जिल्लाभर मशाल जूलूस निकालेको थियो ।
जिल्लामा विप्लव नेतृत्वको नेकपाले निकालेको मशाल जूलूसमा प्रहरीले कुनै अवरोध, प्रकाउ गरेको छैन् ।
२०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले ‘जनयुद्ध’ शुरु गरेको २६ वर्ष पुग्दैछ । ‘जनयुद्ध दिवस’ अधिकांश कम्युनिस्ट घटकहरुले मनाउने भएका छन् ।
साथै विप्लव समूहले जनयुद्ध दिवसलाई उत्सवको रुपमा मनाउने जनाएको हो ।
उता नेपाल कम्युनिस्ट पार्टीका हालका अध्यक्ष प्रचण्डको नेतृत्वमा तत्कालिन माओवादीले १० वर्ष लामो जनयुद्ध गरेको थियो । जनयुद्धमा झण्डै १८ हजारको ज्यान गएको थियो ।
तत्कालिन माओवादीका नेताहरु अहिले विभिन्न राजनीतिक दलमा सक्रिय छन् । प्रचण्ड नेकपाका अध्यक्ष छन् । विप्लवले सरकारले प्रतिबन्ध गरेको नेकपाको नेतृत्व लिएका छन् । मोहन वैद्य किरणको अलग्गै पार्टी छ । बादल, टोप बहादुर रायमाझी ओली समूहमा गएका छन् ।
जनयुद्ध दिवस मनाइरहँदा विप्लव सहित चारवटा कम्युनिस्ट घटकहरुले बिहिबार क्रान्तिकारी संयुक्त रणनैतिक मोर्चा घोषणा गरेका छन् ।
रणनैतिक संयुक्त मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी, ऋषि कट्टेल नेतृतवको नेपाल कम्युनिस्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी छन् । उनीहरुले समाजवाद जनगणतन्त्र स्थापना गर्ने उद्देयका साथ रणनैतिक मोर्चा बनाएका हुन् ।