अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, प्रहरी, सार्वजनिक संस्थान, बैंकका कर्मचारी, बिद्धुत टेलिकम, पत्रकारहरुलाई आज आईतबारदेखि दोस्रो चरणको कोरोनाविरुद्धको खोप लगाउन शुरु भएको छ ।
जिल्ला अस्पताल अर्घाखाँचीमा आज आईतबार सन्धिखर्क, भूमिकास्थान नगरपालिका अन्तरगत अर्घाखाँचीडट्कम सहित पत्रकार, सम्पूर्ण जनप्रतिनिधि, कर्मचारीहरु गरी १९० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको थियो । अर्घाखाँचीडट्कमका प्रधान सम्पादक मेहर सिंह के.सी, सम्पादक सन्तोष के.सी, व्यवस्थापक प्रमुख बसन्त खड्का, संवाददाता केशब राज ज्ञवाली, दीपेन्द्र पौडेलले आज कोरोनाविरुद्धको खोप लगाएका थिए । साथै डट्कमका अन्य पालिकाका प्रतिनिधीहरुले सम्बन्धित पालिका तथा आगामी दिनमा खोप लगाउने छन् ।
डक्टर कपिल गौतमले डट्कमलाई बताए अनुसार आज १९० जनाले खोप लगाएका छन् । भने भोली लुम्बिनी प्रदेशमा सार्बजनिक बिदा भनिएको र यदि बिदा भएपनि खोप निरन्तर चल्ने छ ।
जिल्लाको सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका, मालारानी, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि र सरकारी कार्यालयका कर्मचारी, प्रहरी, सार्वजनिक संस्थान, बैंकका कर्मचारी, बिद्धुत टेलिकम, पत्रकारहरुलाई आगामी फागुन ६ गतेसम्म दोस्रो चरणको कोरोनाविरुद्धको खोप लगाईने छ ।
सरकारले कोरोनाविरुद्धको खोप लगाउने प्राथमिकतामा स्थानीय तहका जनप्रतिनिधि र सरकारी कर्मचारी राखे अनुसार जिल्लाका सबै वार्ड, पालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको हो ।
यस्तै पहिलो चरणमा खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, एम्बुलेन्स र शव बाहन चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्य स्वयंसेविका, जिल्लाका पत्रकारलाई पनि त्यही बेला खोप लगाइनेछ ।
उता अर्घाखाँची जिल्लामा पहिलो चरणमा १,३७८ जनाले कोरोना बिरुद्धको खोप लगाएका स्वास्थ्य कार्यालय अर्घाखाँचीले अर्घाखाँचीडट्कमलाई जनाएको छ ।
कोभिशिल्ड नामक खोप पहिलो चरणमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, महिला स्वास्थ्य स्वंय सेबिका, सुरक्षाकर्मी र एम्बुलेन्स चालकलाई लगाई सकेको छ ।