गणेश बेल्बासे संगम
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित टुडिखेलमा जिल्ला स्तरीय छुट अस्थायी करार शिक्षकहरूको भेला सम्पन्न भएको छ ।
छुट अस्थायी करार शिक्षक केन्द्रिय समितिको आव्हानमा शनिबार सम्पन्न जिल्ला भेलाले ११ सदस्यीय छुट अस्थायी करार शिक्षक समिति गठन गरेको हाे ।
भेलाले सर्वसम्मत पुनः राम बहादुर बस्नेतलाई छुट अस्थायी करार शिक्षक समिति अर्घाखाँचीको अध्यक्षमा चयन गरेको छ । त्यस्तै महिला उपाध्यक्षमा लक्ष्मी खनाल, उपाध्यक्षमा धनिश्वर पौडेल, सचिवमा कृष्ण रानाभाट, सहसचिवमा सिर्जना पौडेल, कोषाध्यक्षमा प्रदिप भुसाल, सहकोषाध्यक्षमा डिल्ली बेल्बासे, सदस्यमा विमला पाण्डे, अरुणा कुँवर, शक्ति रिजाल रहनु भएकाे छ ।
भेलाका अध्यक्ष एवं केन्दिय उपाध्यक्ष राम बहादुर बस्नेतले केन्द्रमा भएका उपलब्धीका विषयमा जानकारी गराउनु भयो । छुट अस्थायी करार शिक्षकको मागहरुको सम्बोधन गर्न केन्द्रमा पहल भईरहेको उहाँले बताउनु भयो । सरकारले २०७२ असोज २ गते पछि नियुक्ति लिएका शिक्षकहरुलाई निश्चित मिति तोकी शिक्षकहरुलाई विभेद गरेकोले आम शिक्षकहरुका मागहरु जाहेज भएको बताउनु भयाे । शिक्षकका मागहरु पुरा नभए कडा आन्दोलन गर्न बाध्य हुने समेत उहाँले बताउनु भयो ।
केन्द्रिय समितिको आव्हान अनुसार जिल्लाकाे सबै पालिकास्तरमा भेला गर्ने गराउने र सम्बन्धित शिक्षकहरू बाट सहयाेग संकलन गर्ने निर्णय गरेको छ । साेही भेलामा छुट अस्थायी करार शिक्षकहरूको उल्लेखनिय उपस्थिती रहेको समितिले जनाएकाे छ ।
सरकारले २०७२ असोज २ गते पछिको शिक्षकलाई आन्तरिक परीक्षाबाट विमुख तथा विभेद गरेकोले आम शिक्षकहरु एकजुट हुनुपर्ने समितिको निष्कर्ष रहेको छ ।