अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाबाट वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको जिल्ला इन्चार्जमा युवराज पौडेल चयन भएका छन् । साथै केन्द्रिय सदस्यहरूमा १० जना चयन भएका छन् ।
वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको केन्द्रीय समन्वय समितिका लागि अर्घाखाँची जिल्लाबाट चयन भएका सदस्यहरूमा ढुण्डी ज्ञवाली, सहयोगी बिसी, कृष्ण सारु, गोपाल पोख्रेरेल, जीवन परियार, दिनेश खनाल, दीपक खनाल, मोती श्रीपाली, बिष्णु पन्थी, सुनिता परियार रहेका छन्।
अर्घाखाँचीडट्कमलाई जानकारी गराए अनुसार पार्टी एकता जोगाउने वा पुनर्एकीकरण गर्ने उद्देश्य लिएर दुवै समूहलाई समर्थन नगरी निर्माण गरिएको वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले अर्घाखाँचीमा पनि जिल्ला समितीलाई पूर्ण रुप दिने भएको छ । जिल्लामा निमार्ण हुने समितीको उदेश्य विभाजनमा ढल्केका नेता कार्यकर्ताहरुलाई सम्झाउने, एक ठाउँमा ल्याउने रहने बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेसँगै नेकपा दुई समूहमा विभाजित भएको छ । तर बामदेव गौतम दुबैतिर लागेका छैनन् ।