अर्घाखाँचीमा कांग्रेसको बिरोधसभा सम्पन्न | कांग्रेसको नेतृत्वमा आएको संविधान ओलीले निल्न खोजे-पुष्पा भुसाल (फोटो फिचर)

केशबराज ज्ञवाली | दिपेन्द्र पौडेल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेपाली कांग्रेस अर्घाखाँचीले र्याली सहित बिरोधसभा सम्पन्न गरेको छ ।

संसद विघटन र सरकारका असंवैधानिक कदमहरुका बिरुद्द दोस्रो चरणको बिरोध कार्यक्रम अन्तरगत आज सोमबार सन्धिखर्कमा नेपाली कांग्रेस अर्घाखाँचीले र्याली सहित बिरोधसभा सम्पन्न गरेको हो ।

सो कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य पुष्पा भुसालले काङ्ग्रेसको नेतृत्वमा लेखिएको संविधान ओलीले निल्न खोजेको आरोप लगाएकि छन् ।   उनले  शेरबहादुर देउवाको भनाई  स्मरण गर्दै  कम्युनिस्टलाई  भोट दिएर जिते भने बोल्न पाइदैन भनेको आज ठ्याक्कै उस्तै भएको बताइन् ।
निर्वाचनको गर्भबाट जन्मेको सर्वसत्तावादी सरकार अहिलेको कम्युनिस्ट सरकार भएको भन्दै भुसालले सरकार मिडियाको मुख थुन्न र जेल हाल्न उद्दत रहेको जनाइन् । जनताको अधिकार बोल्ने मिडियाको अधिकार संसद बाट पास हुन आफुहरुले रोकेको तर अहिले सरकारले मिडिया सम्बन्धी कानुन अध्यादेश मार्फत ल्याउन खोजेको भन्दै उनले  खबरदार जनताको आवाज बोल्ने मुख थुन्न पाइदैन भनेर चेतावनी दिइन ।म  भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्न्ने ओलिले मेलम्ची , ओम्नि काण्ड , सत्तरी करोड काण्ड लगायतलाई संरक्षण गर्दै उनिहरुलाइ सुरक्षा गर्छु भनेर भ्रष्टाचारिलाइ ढाडस दिएको उनले आरोप लगाइन ।
निर्मला पन्त र भागिरथी भट्टको अपराधी सरकारले नै संरक्षण गरेको भन्दै  भुसालले हत्या हिंसा बलत्कारका घटना देशमा बढिरहेको तर्फ सरकारनै दोषी रहेको उल्लेख गरिन ।
यस्तै सभालाइ सम्बोधन गर्दै काङ्ग्रेस नेता रेवती प्रसाद भुसालले संविधानको हत्या भएको भन्दै संसद पुनर्स्थापना हुनै पर्नेमा जोड दिए ।यदि विघटन सदर भएमा ओलिले निर्वाचन नगर्ने र यसैलाइ आधार बनाएर थप निरंकुशता बढाउने तर्फ लाग्ने अबस्था रहेको भुसालले बताए ।
संविधान लिगमा ल्याएर जस्ता पनि समस्या समाधान गर्न काङ्ग्रेस तयार रहेको भन्दै नेता रेवती प्रसादले बरु काङ्ग्रेस हार्न तयार रहेको तर निरंकुशतालाइ साथ दिएर जित्नुको कुनै अर्थ नरहेको बताए । उनले प्रतिगमन एक दिनको होइन चरणबद्द रुपमा गरिदै आएको थियो भन्दै काङ्ग्रेसले बिभिन्न समयमा आवाज उठाइरको थियो तर त्यति बेला दाहाल नेपाल चुप लागेर आफ्नै पार्टीका निरंकुशलाइ संरक्षण गर्दा यो अबस्था आएको उल्लेख गरे । जनताका अधिकार कुल्चिनु , मिडियाका अधिकार सिमित गर्नु लगायतका निर्लज्ज काम ओलिले पहिला पनि गरिरहेका थिए भन्दै उनले अहिले त ओलि झनै उग्र बन्दै गएको बताए ।
नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिती अर्घाखाँचीको आयोजनामा सम्पन्न बिरोध सभा पुर्व बि . पि . स्मृति भवन सन्धिखर्क बाट निस्किएको बिरोध र्याली शान्ती बगैंचामा आएर बिरोधसभामा परिणत भएको थियो । सभाको सभापतित्व नेपाली काङ्ग्रेस जिल्ला समिती अर्घाखाँचीका सभापती बिष्णु मुस्कानले गरेका थिए भने सन्चालन जिल्ला सचिब छबिलाल पन्थिले गरेका थिए ।