अर्घाखाँचीमा पनि पैसा झिक्न अब चेक काटन् नपर्ने,ग्लोबल आइएमईको नयाँ डिजिटल प्रविधी

अर्घाखाँचीडट्कम संवाददाता   
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेको ग्लोबल आइएमई बैंकमा ग्राहकलाई छिटो छरितो तवरले पैसा भुक्तानी गरि ग्राहकलाई सेवा दिने उदेश्यले डिजिटल प्रविधि मार्फत पैसा निकाल्न सक्ने व्यवस्था गरिएको छ।
ग्लोबल स्मार्ट क्यु आार मार्फत बिना चेक आफ्नो खाताबाट क्यु आर कोड स्क्यान गरि नगद रु एक लाखसम्म झिक्न सकिने व्यवस्था गरिएको अर्घाखाँची शाखाका शाखा प्रबन्धक प्रल्हाद न्यौपानेले डट्कमलाई जानकारी दिनुभयो।
उहाँको अनुसार क्यु आर कोड आफ्नो मोबाइलबाट स्क्यान गरि सिधै टेलरमा आएर भुक्तानी लिन सकिने छ। जसको लागि ग्लोबल आइएमईको क्यु आर स्मार्ट कार्डमा स्क्यान गर्नु पर्ने हुन्छ ।