अर्घाखाँचीमा वामदेव गौतमको एकता अभियानको केन्द्रिय सदस्य नगएको ओली पक्षका ज्ञवालीद्धारा स्पष्ट

केशब राज ज्ञवाली 
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाबाट वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको केन्द्रिय सदस्य भएको समाचार प्रति ओली पक्ष ने. क. पाका खाँचीकोट नेता ढुण्डिराज ज्ञवालीले खण्डन गरेका छन् । 
सन्धिखर्क – ७ खाँचीकोटका ओली पक्षको ने. क. पा. नेता ढुण्डिराज ज्ञवालीले आफू के. पी. ओली गुटमा सक्रिय  रहेको पुष्टि गरेका छन् ।
एकाएक बामदेब गौतमको एकता अभियानको केन्द्रिय सदस्य भएको समाचार प्रकाशित भएपछि उनले आज एक प्रेश विज्ञप्ती जारी गर्दै यस्तो भनेका हुन् ।
उनले बामदेब गौतमको अभियानमा नाम राख्दा आफुलाइ जानकारी नदिएको उल्लेख गर्दै प्रकाशित समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । 
नेता ज्ञवालिले बिज्ञपति मार्फत शान्ती , स्थिरता , बिकास र लोकतन्त्रको लागि आफू के. पी. ओली नेतृत्वको ने. क. पा. मा रहेको पुष्टि गरेका छन् ।
यस्तो छ पूरा विज्ञप्ती:

अर्घाखाँची जिल्लाबाट वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको जिल्ला इन्चार्जमा युवराज पौडेल चयन भएका छन् । साथै केन्द्रिय सदस्यहरूमा १० जना चयन भएका छन् ।   
वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको केन्द्रीय समन्वय समितिका लागि अर्घाखाँची जिल्लाबाट चयन भएका सदस्यहरूमा सहयोगी बिसी, कृष्ण सारु, गोपाल पोख्रेरेल, जीवन परियार, दिनेश खनाल, दीपक खनाल, मोती श्रीपाली, बिष्णु पन्थी, सुनिता परियार रहेका छन्।
अर्घाखाँचीडट्कमलाई जानकारी गराए अनुसार पार्टी एकता जोगाउने वा पुनर्एकीकरण गर्ने उद्देश्य लिएर दुवै समूहलाई समर्थन नगरी निर्माण गरिएको वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले अर्घाखाँचीमा पनि जिल्ला समितीलाई पूर्ण रुप दिने भएको छ । जिल्लामा निमार्ण हुने समितीको उदेश्य विभाजनमा ढल्केका नेता कार्यकर्ताहरुलाई सम्झाउने, एक ठाउँमा ल्याउने रहने बताइएको छ ।  
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेसँगै नेकपा दुई समूहमा विभाजित भएको छ । तर बामदेव गौतम दुबैतिर लागेका छैनन् ।