अर्घाखाँचीडट्कम संवाददाता
दिल्ली (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ४ धारापानीकी एक महिलाको भारतको राजधानी नई दिल्लीको नोयडामा निधन भएको छ ।
धारापानीको टाकुराका बिष्णु बन्जाडेकी ४६ वर्षिया गिता बन्जाडेको आज मंगलवार भारतको राजधानी नई दिल्लीको नोयडामा निधन भएको हो ।
पन्जाबबाट राम प्रसाद बन्जाडेले अर्घाखाँचीडट्कमलाई जानकारी गराए अनुसार गिताको घरमा नै आकस्मिक निधन भएको हो । निधनको कारण खुल्न सकेको छैन् ।
निसन्तान गीताका दम्पती लामो समयदेखि दिल्लीमा बस्दै आएका थिए ।
नेपालीबासीको सहयोगमा दाह संस्कार पनि गरिएको छ ।