टेकराज भुसाल
ढाकावाङ्ग, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर २ ढाकावाङ्गको भुमेकाथानमा अवस्थित भुमे मन्दिरलाई विभिन्न सहयोग दाताहरूले सहयोग प्रदान गरे सँगै मन्दिरको रुप नै बदलिएको छ।
मन्दिरमा फ्रि वाई-फाई सहित भजन कृतनका लागि साउन्ड बक्स, रातको समयमा बत्ती, सितल छहारीमा बस्नको लागि पक्कि सिढीकाे व्यवस्था छ।
मन्दिर व्यवस्थापनकाे लागि राजु भुसालले लाइट, भेषराज खनालले मार्सिक बिद्धुत महसुल, दिपक खनालले मन्दिर प्रवेश गेट, प्रकाश खनालले नि:शुल्क वाई-फाई, रविलाल पौडेलले नगद रु १०५०० र ठग बहादुर खत्रीले नगद रु ५१०५ सहयोग प्रदान गरेको भुमे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिरु भट्टराईले जानकारी दिए।
भुमे मन्दिरको नाम बाट भुमिकास्थान नगरपालिकाकाे नामकरण गरिएको हाे। मन्दिरमा प्रत्येक बर्षकाे जेठे पुर्णिामामा ऐतिहासिक मेला लाग्ने गरेकाे र त्यहाँका स्थानीयले जेठे पुर्णिामालाई भुमे पुर्णिामा भन्ने गरेकाे स्थानीय युवा राजु भुसालले बताए ।