अर्घाखाँचीमा कोरोना संक्रमितको संख्यामा कमी, जिल्लाभर खोप लगाउने कार्यक्रम जारी

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा कोरोना संक्रमितको संख्यामा कमी आएको छ । अहिले जिल्लाभर १० जना मात्र संक्रमितहरु रहेका छन् । जसमा सन्धिखर्कमा ३ जना,  शितगंगा नगरपालिकामा २, भूमिकास्थानमा १ र  मालारानीमा ४ रहेका छन् । साथै छत्रदेव र पाणिनी कोरोना मुक्त भएका छन् । यि दुई पालिकामा संक्रमितको संख्या शुन्य रहेको छ । 
उत जिल्लामा आजसम्म संक्रमितको संख्या ८०१  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३८१ जना, शितगंगा नगरपालिकामा १०८,     भूमिकास्थान नगरपालिकामा १३५,   मालारानीमा ९०,     पाणिनी गाउँपालिकामा ३३   र छत्रदेव गाउँपालिकामा ५४  जना संक्रमित रहेका छन् ।   
यस्तै जिल्लाबाट आजसम्म  ७७८   जनाले कोरोना जितेर घर फर्केका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ३७३  जना, शितगंगा नगरपालिकामा १०४,      भूमिकास्थान नगरपालिकामा १३१,    मालारानीमा ८५,   पाणिनी गाउँपालिकामा ३१   र छत्रदेव गाउँपालिकामा ५४ जनाले कोरोनालाई जितेका हुन् ।
अर्घाखाँचीडट्कमको विवरण अनुसार जिल्लामा  कोरोनाका कारण १४ जनाको निधन भएको छ ।
 
बिहीवारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा १०  जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
उता अर्घाखाँची जिल्लामा कोरोना खोप लगाउने कार्यक्रम जारी छ ।