केशब राज ज्ञवाली | दीपेन्द्र पौडेल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेपाल प्रेस युनियन अर्घाखाँची शाखाको मुखपत्र बिकासका लागि सञ्चार स्मारिका २०७७ को एक भब्य समारोहका बिच बिमोचन गरिएको छ ।
फागुन ७ गते प्रजातन्त्र दिवसको अबसर पारेर गरिएको कार्यक्रममा मुखपत्र स्मारिकाको बिमोचन कार्यक्रमका प्रमुख अथिती नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य पुष्पा भुसालले गर्नुभएको थियो ।
कार्यक्रममा पत्रकारिता क्षेत्रमा योगदान गर्ने पत्रकारहरुको उत्साह वृद्धिका लागि विभिन्न पत्रकारिता पुरस्कारहरुको घोषणा र पुरस्कृत गरिएको थियो । भने जिल्लाको पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने अर्घाखाँचीडट्कम लगायत अन्य पत्रकार महासंघ अर्घाखाँचीका पुर्व पदाधिकारी तथा पत्रकारहरुलाइ सम्मान गरिएको थियो। उक्त कार्यक्रममा जिल्लामा सक्रिय संचार गृह तथा संचारकर्मीहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो।
कार्यक्रममा प्रमुख अथिती पुष्पा भुसाल , प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देल ,प्रेस युनियनका केन्द्रिय सदस्य जैंसिंह के. सी . प्रेस युनियनका केन्द्रिय सदस्य कल्पना शर्मा ,काङ्ग्रेस नेता रेवती प्रसाद भुसाल ,सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाल , प्रजिअ बिष्णु पौडेल ,पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतम ,बरिस्ठ संचारकर्मी, रिपोर्टस क्लब लुम्बिनी प्रदेसका रामकुमार क्षेत्री , राजनितिक दलका प्रतिनिधि लगाएत ले शुभकामना मन्तब्य राखेका थिए ।
८ वटा पत्रकारिता पुरस्कारको स्थापना
यस्तै नेपाल प्रेस युनियन अर्घाखाँचीले विभिन्न ८ वटा पत्रकारिता पुरस्कारको स्थापना गरेको छ।
स्थापना भएका पुरस्कारमा १) स्वर्गीय विपी काेइराला संघर्षशील उत्कृष्ट पत्रकारिता पुरस्कार २) स्वर्गीय कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार ३) स्वर्गीय गिरिजाप्रसाद काेइराला शान्ति पत्रकारिता पुरस्कार ४) स्वर्गीय गणेशमान सिंह पत्रकारिता पुरस्कार ५) स्वर्गीय सुशील काेइराला विकास पत्रकारिता पुरस्कार ६) स्वर्गीय भक्तिराम घिमिरे सृजनशील पत्रकारिता पुरस्कार (जेठा छाेरा विनाेद घिमिरेद्वारा रू ५० हजार राशिको अक्षयकोष स्थापना) ७) स्वर्गीय जेदकुमारी खड्का सृजनशील पत्रकारिता पुरस्कार ( नाति वीरेन्द्र केसीद्वारा रू ५० हजार राशिको अक्षयकोष स्थापना) ८) स्वर्गीय बिकमला खनाल मानवअधिकार उत्कृष्ट पत्रकारिता पुरस्कार ( कांग्रेस सभापति विष्णु मुस्कानकि अामाकाे नाममा) ९) नेपाल प्रेस युनियन कल्याणकारी काेष स्थापना १०) नेपाल प्रेस युनियनका पुर्बसभापति सुर्यप्रसाद भुसाल स्वर्गीय सुशील काेराइला विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनेछन् ।
बिमोचन कार्यक्रमको प्रमुख अथिती पुष्पा भुसाल, बिशिस्ट अथितिमा नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देल , प्रेस युनियनका केन्द्रिय सदस्य कल्पना शर्मा ,नेपाली काङ्ग्रेस नेता रेवती भुसाल , सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाल , प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद पौडेल , नेपाल प्रहरिका प्रमुख , प्रेस युनियन कपिलबस्तुका अध्यक्ष लगायत हुनुहुन्थ्यो ।
कार्यक्रममा जिल्लामा सक्रिय राजनितिक दलहरुका प्रतिनिधि , सक्रिय संचार गृहका प्रतिनिधि हरु सक्रिय तथा पुर्व संचारकर्मी लगायतको बाक्लो उपस्थिती थियो ।
बिमोचन कार्यक्रमको सभापतित्व प्रेस युनियन अर्घाखाँचीका सभापति बिरेन्द्र के. सी र संचालन बिष्णु खनालले गर्नुभएको थियो । उता अर्घाखाँचीडट्कम उक्त कार्यक्रमको लाईभ गरेको थियो ।