अर्घाखाँचीडट्कम संवाददाता
किमडाँडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ८ किमडाँडामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका मजदुरहरुलाई परिचयपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।
किमडाँडामा शुक्रबार आ.ब २०७७/८८ को लागि प्रधानमन्त्री रोजगार कार्यक्रम श्रमिकसँग अभिमुखिकरण कार्यक्रम साथै लाभान्वित मजदुरहरुलाई परिचयपत्र वितरण कार्यक्रम सम्पन्न भएको हो ।
वडाअध्यक्ष ईश्वरी प्रसाद भुसालले एक कार्यक्रमका बिच मजदुरहरुलाई परिचयपत्र वितरण गर्नुभएको थियो ।
वडाअध्यक्ष भुसालले जानकारी गराए अनुसार आधा तीन महिनाका लागि बाटो लगायतका दर्जन बिकास योजनाका काममा ५० बढी स्थानियबासीहरुलाई रोजगारी दिएको छ ।