अर्घाखाँचीभरका सबै वार्डहरुमा प्रचण्ड-नेपाल पक्ष नेकपाको वार्ड स्तरिय विरोध कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका ६ पालिकाका विभिन्न वार्डहरुमा प्रचण्ड-नेपाल पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वार्ड स्तरिय विरोध कार्यक्रम सम्पन्न गरेको छ । 
प्रतिगमन विरुद्ध तेस्राे संघर्षको कार्यक्रम अन्तरगत प्रचण्ड-नेपाल पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अर्घाखाँची जिल्लाका ६ पालिकाका ६१ वार्डहरुमा वार्ड स्तरिय विरोध कार्यक्रम सम्पन्न गरेको हो ।
जिल्लाका सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका, मालारानी, पाणिनी गाउँपालिका, र छत्रदेव गाउँपालिकामा नेकपाले वार्ड स्तरिय विरोध कार्यक्रम सम्पन्न गरेको अर्घाखाँचीडट्कमलाई प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  
यस्तै सन्धिखर्क नगरपालिका वार्ड नं. ९ र १० अर्घामा प्रचण्ड-नेपाल पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे वार्ड स्तरिय विरोध कार्यक्रम सम्पन्न भएको छ ।  अर्घामा तेस्राे संघर्षको कार्यक्रम अन्तरगत प्रचण्ड-नेपाल पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे वार्ड स्तरिय भेला सम्पन्न भएको हो । 
अर्घामा देवि वहादुर रायमाझीकाे संचालन र सराेज भुसालकाे मन्तब्यमा सम्पन्न भएकाे थियाे । वार्ड नं १० मा राजेन्द्र जिसीकाे संचालन र सराेज भुसालकाे मन्तब्यमा सम्पन्न भएकाे थियाे ।
विराेध कार्यक्रम काेण सभामा परिणत गरि प्रतिनिधि मुलक उपस्थितिमा सम्पन्न भएकाे थियाे ।
यस्ता छन् निर्धारित विरोध कार्यक्रमहरु:

१.फागुन ७ गते सबै वडामा झण्डा ब्यानर सहित प्रतिगमन विरुद्धका कार्यक्रमहरु गर्ने (सबै वडामा आबश्यक झण्डा ब्यानरहरु जिल्लाबाट पठाउने) ।
२. फागुन ७ गते देखी १५ गते सम्म सन्धिखर्क स्थित शान्ति बगैचा चोक लगायतका सार्बजनिक स्थलहरुमा सरकारको प्रतिनिधि सभा विघटन गर्ने असंबैधानिक, निरंकुश, अलोकतान्त्रिक र प्रतिगामी कदमका बिरुद्धमा हस्ताक्षर संकलन गरिने छ । यो कार्यक्रम  ७ गते ११ बजे सन्धिखर्क शान्ति बगैंचाबाट सुरु गरिने छ  ।
३.फागुन ९ गते अनेम संघको आयोजनामा प्रतिगमन,हत्या हिंसा र बलात्कारका विरुद्ध जिल्लामा महिलाहरुको बिरोध कार्यक्रम गर्ने ।
४.फागुन १० गते दलित मोर्चाको आयोजनामा जिल्लामा बिरोध कार्यक्रम गर्ने ।
५.फागुन ११ गते सास्कृतिक झाकिहरु सहित प्रदर्शन गर्ने ।
६ युबा बिद्यार्थी लगायतका विभिन्न पेशागत मोर्चा संगठनहरुको अगुवाईमा बर्तमान केपी ओलि सरकारको प्रतिनिधि सभा विघटन गर्ने असंबैधानिक, निरंकुश, अलोकतान्त्रिक र प्रतिगामी कदमका बिरुद्धमा बिरोधका सिर्जनात्मक कार्यक्रमहरु गर्ने ।
७.सबै वडामा तत्काल बैठक,भेला तथा अन्तरकृया कार्यक्रम गर्नकालागी सम्बन्धित वडामा रहनुभएका जिल्ला कमिटी सदस्य कमरेडहरुले आबश्यक संयोजन तथा सहजीकरण गर्नुहुनेछ । यस अघिको बैठकबाट पालिका तहमा सहजीकरणको जिम्मेवारी तोकिएका कमरेडहरुले सबै पालिकामा संघर्ष र पार्टीकामको संयोजन निरन्तर गरिरहनु हुनेछ । थप जनशक्ति आबश्यक परेको अबस्थामा जिल्ला कार्यालयबाट गरिने छ ।