अर्घाखाँचीमा भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला कार्यालयकाे उद्घाटन

हिम बहादुर जिसी लेकाली अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा भूमिहिन दलित ,सुकुम्बासी ,तथा अब्यवस्थित बसाेबास गर्दै आईरहेका भूमि समस्यामा रहेका नेपाली जनतालाई सम्बाेधन गर्नका लागि गठन गरियकाे भूमि  सम्बन्धि समस्या समाधान आयोग अर्घाखाँचीकाे कार्यालय उद्घघाटन  शुक्रबार गरिएको छ । 
जिल्ला  समन्वय समितिकाे भवनमा राखियकाे उक्त कार्यालयकाे उद्घघाटन राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्काले एक कार्यक्रम बिच गर्नु भएकाे छ ।
 
उहाँले कार्यालयकाे   उदघाटन रिवन काटेर गर्नु भएको  हाे । अायाेगका संयाेजक तथा सदस्यहरूलाई  प्रमुख अतिथि चन्द्र बहादुर खडका र समन्वय प्रमुख पिताम्वर शर्माले डायरि  ,खादा तथा टीका प्रदान गरेर    पदभारकाे ग्रहण गराउनु भएको  छ ।  प्रमुख अतिथि चन्द्र बहादुर खड्काले सरकारले प्रदान गरेकाे विशेष दाईत्व पूरा गर्न सक्रियताका साथ जनताकाे काममा लाग्न समितिलाई आग्रह गर्नु  भयकाे थियाे ।
आयाेगका अध्यक्ष  केबि भुसालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा बिषय बस्तुमाथी प्रकाश जिल्ला समन्वय अधिकारी एवं अायाेग सदस्य लक्ष्मी पाण्डे गाैतम ले गर्नु भएको   थियाे ,कार्यक्रमकाे सन्चालन समन्वय समितिका बिनाेद कुँवरले गर्नु भएकाे थियाे ।
 ।
कार्यक्रममा  ५ नं.प्रदेश सांसद रामजी प्रसाद घिमिरे ,जिल्ला समन्वय प्रमुख पिताम्वर शर्मा भुसाल ,शीतगंगा नगर प्रमुख सूर्य प्रसाद अधिकारी ,मालारानी गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री ,प्रमुख जिल्ला अधिकारी बिष्णु पाैडेल ,सम्पूर्ण राजनितिक दलकाे तर्फबाट शेर बहादुर बि सि ,ले  आयाेगकाे सफल कार्य कालकाे शुभकामना ब्यक्त गर्नु भएको  थियाे । त्यसै गरि याेगकाे भावी कार्यक्रमकाे बारे याेगका बिज्ञ सदस्य तिलक मिश्रले बाेल्नु भएको थियाे ।
 कार्यक्रममा जिल्ला  समन्वय  समिति उप प्रमुख ऋषि पुलामी ,सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसाल , नेकपा नेता रामचन्द्र पाेख्रेल ,राप्रपाका देवी बहादुर खड्का , परिबारदलका डिल्लीराज भुसाल ,प्रहरी नायव निरिक्षक ,माधव बुढाथोकी ,सेना प्रमुख लेखनाथ कटुवाल, पत्रकार लगायतकाे उपस्थिति रहेकाे
थियाे ।
जिल्ला भूमि समस्या समाधान आयाेग मा नेपाल सरकार बाट नियुक्ति हुनु भएका संयाेजक के .बि भुसाल , बिज्ञ सदस्य तिलक मिश्र ,शिवकला बि .क , सदस्यहरूमा वन प्रमुख ,नापी कार्यालय  प्रमुख ,मालपाेत कार्यालय प्रमुख ,जिल्ला  समन्वय अधिकारी  सहित ७ सदस्यीय समिति  रहेकाे छ ।
आयाेगले यस पूर्व गठित आयाेग तथा समितिले गरेका बाँकि  कामहरू पूरा गर्न स्थानीय सरकार संग समन्वय गरि अगाडि बड्ने बिज्ञ सदस्य तिलक मिश्र ले बताउनु भएको  छ ।

अन्य समाचारहरु