सन्धिखर्कमा प्रचण्ड-नेपाल पक्ष नेकपा निकट महिला संघको बिरोध र्याली सम्पन्न

अशोक खनाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा प्रचण्ड-नेपाल पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट महिला संघले बिरोध र्याली सम्पन्न गरेको छ । 
महिला संघले प्रतिनिधि सभा विघटन गर्ने असंबैधानिक कदमका विरुद्ध संघष गरौं । प्रतिगमन , महिला,हिंसा  हत्या र बलात्कारका विरुद्ध एक हौं भन्ने मुल नाराका साथ सन्धिखर्कमा बिरोध र्याली निकालेको हो । 
सन्धिखर्कको शान्ति बगैंचाबाट निस्किएको बिरोध र्याली बजार परिक्रमा प्रश्यात पुन  शान्ति  बगैंचामा पुगि कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई नेकपाकी प्रदेश सदस्य तथा महिला नेतृ छमकुमारी खनाल चिनारी , अखिल नेपाल महिला संघ जिल्ला आन्दोलन संघष समितिकी जिल्ला संयोजक सुनिता बेल्बासे, सहसंयोजक माधबा घिमिरे तथा महिला नेतृ सुमित्रा मुखियाले सम्बोधन गरेका थिए । 
कार्यक्रमको संचालन राधा नेपालीले गरेकी थिइन् ।