अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कको शान्ती बगैचामा आज आईतबारदेखि हाट बजार लाग्न शुरु भएको छ।
सन्धिखर्कको शान्ती बगैचामा आज आईतबारबाट हाट बजार लाग्न शुरु भएको हो । यहाँ अब हरेक आईताबार हाट बजार लाग्ने छ ।
श्री कृषि सहकारी संघ लिमिटेडका अनुसार हरेक आईतबार शान्ति बगैँचा मुनी निर्माण गरिएको स्थानमा स्थानिय कृषकहरुले आफ्ना उत्पादित तरकारी, फलफुल ल्याएर बेच्न सकिनेछ ।
उता नयाँ बसपार्कमा हरेक शुक्रबार लाग्ने हाट बजार लाग्दै आएको छ ।