सन्धिखर्कमा जनता समाजबादी पार्टी नेपालको बिरोध कार्यक्रम सम्पन्न

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा जनता समाजबादी पार्टी नेपाल  सन्धिखर्क नगर पार्टीले आयोजना गरेको बिरोध कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा जनता समाजबादी पार्टी नेपालका केन्द्रीय सदस्य राजु नेपालीले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले ल्याएको संविधान र लोकतन्त्रको हत्या गरेको आरोप लगाउनुभएको छ । जनताले ल्याएका उपलब्धिप्रति प्रधानमन्त्री ओलीले चालेको कदम असंबैधानिक र अलोकत्रान्तीक रहेको धारणा राख्दै उहाँले संबिधानको रक्षा गर्नु नै अहिलेको पहिलो आवश्यकता रहेको बताउनु भयो ।
बिरोध कार्यक्रममा मन्तब्य राख्दै नेपालीले यस्तो बताउनु भएको हो । नेपालीले सरकारले गरेको असंबैधानिक कदमको बिरुद्धमा अन्य दलहरुसंग सहकार्य गरेर आन्दोलनमा जान आफ्नो पार्टी तयार रहेको भन्दै गणतन्त्रको रक्षाका लागि आन्दोलनरत दलहरु एक जुट भएर जानु पर्नेमा जोड समेत दिनुभएको थियो । कार्यक्रम पार्टीका जिल्ला सचिब जेबि दर्लामिको सञ्चालनमा सम्पन्न भएको हो ।
यसैबिच पार्टीले आयोजना गरेको पालिकास्तरीय विरोध कार्यक्रम अन्तर्गत पाणीनि गाउँपालीकामा पनि बिरोध सभा सम्पन्न भएको छ । कार्यक्रमलाई पार्टीका स्थानिय नेताहरु केशब घिमिरे र लिलावति पाण्डे घिमिरेले सम्बोधन गर्नुभएको पार्टीले जनाएको छ ।

अन्य समाचारहरु