अर्घाखाँचीडट्कम संवाददाता
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ७ नुवाकोटमा ओली पक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को वार्ड स्तरिय अगुवा कार्यकर्ता तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
नुवाकोटमा शनिबार ओली निकट नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को वार्ड स्तरिय कार्यकर्ता तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
नुवाकोटमा आयोजित विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रदेश सासंद राम जी घिमिरेले व्यक्तिगत स्वार्थ र पदको निम्ति कार्यकर्ताको चाहना र जनताको समर्थनलाई लत्याउँदै प्रचण्ड माधब समुहले पार्टी फुटाएको आरोप लगाउनु भयो । प्रदेशसभाका सदस्य समेत रहनुभएका घिमिरेले धनचौरको बिकास निर्माणको निम्ति कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले आफुहरु निर्वाचित भएपछि जिल्लाको बिकासले गति लिएको बताउँदै शिक्षा ,स्वास्थ्य ,यातायात ,विद्युत ,सिंचाइ र खानेपानीको क्षेत्रमा आमुल परिवर्तन भएको दाबी गर्नुभयो ।
नेता घिमिरेले जनतालाई स्वरोजगार बनाई आत्मनिर्भर बनाउने तयारीमा लागेको समेत बताउनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला सचिव तोजबहादुर रायमाझीले नेपाली कम्युनिस्ट आन्दोलनको मुलप्रवाह प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपा भएको भन्दै उच्च मनोबलका साथ संगठन निर्माणमा जुट्न कार्यकर्तालाई अग्रह गर्नुभयो ।