टेकराज भुसाल
ढाकावाङ, अर्घाखाँची फागुन १० (अर्घाखाँचीडट्कम) अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाको ढाकावाङ्गमामा आज साँझ मसाल जुलुस निकालिएको छ । राष्ट्रिय जनमाेर्चा निकट अखिल नेपाल युवक संघ अर्घाखाँचीले आयोजना गरेको मसाल जुलुसमा सयौं युवाहरुले सहभागिता जनाएका थिए ।
जुलुसमा संघीयताको खारेज गर , संसद पुनर्स्थापना गर ,प्रतिगमन मुर्दावाद,असंवैधानिक कदम खारेज गर, एमसिसी खारेज गर, भ्रष्टाचारको अन्त्य गर, बलात्कारीलाई कार्वाही गर, अखिल नेपाल युवक संघ जिन्दवाद जस्ता नाराहरु लगाइएको थियो ।
ढाकावाङ्ग हाट बजार देखि सुरु भएको मसाल जुलुस पिपलनेटा बजारमा पुगेर कोणसभामा परिणत गरिएको थियो । सो सभामा अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला अध्यक्ष कुलराज खनालले सम्बोधन गर्दै संसद विघटन बदनियतपूर्वक गरिएको भन्दै पुनर्स्थापना गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
उहाँले संविधानको चिरहरण गर्दै गरिएको यो कार्य पुर्णतया असंवैधानिक भएको भन्दै कानुनी राज्यको खिल्ली उडाएकोमा आपती प्रकट गर्दै असंवैधानिक कदम र प्रतिगमनका बिरुद्ध सम्पूर्ण युवाहरु एक हुनुपर्ने बताउनु भयाे।
कार्यक्रम अखिल नेपाल युवक संघका जिल्ला सचिव ठाकुर पन्थीकाे सञ्चालन सम्पन्न भएको थियाे।