इजरेलद्बारा गाजा क्षेत्रतर्फ प्यालेष्टिनीलाई निश्कासन गर्ने निर्णय कार्यान्वयन

इजरेलको जेलमा रहेका एक प्यालेष्टिनीलाई हिजो मुक्त गरिएपछि तुरुन्तै गाजा क्षेत्रतर्फ पठाइएको छ। इजरेलले जोर्डन नदीको पश्चिमी किनारबाट हजारौँ प्यालेष्टिनीलाई निकाल्ने निर्णय कार्यान्वयन गरेदेखि यता निकालिएका यी पहिला प्यालेष्टिनी हुन्।

इजरेलको सञ्चार माध्यमले जनाएअनुसार इजरेलको सैनिक पक्षले गत तेह्र तारिखदेखि एउटा सैनिक आदेश कार्यान्वयन गर्न थालेको छ। त्यसअनुसार जोर्डन नदीको पश्चिमी किनारमा बस्ने प्यालेष्टिनीसँग आवश्यक प्रमाण-पत्र वा कानुनी आधार नरहेमा उसलाई इजरेलभित्र प्रवेश गर्न दिइने छैन। यसबाट इजरेलले पहिले जोर्डन नदीको पश्चिमी किनारमा बसोबास नगर्ने हजारौं नागरिकलाई गाजा क्षेत्रतर्फ निष्काशन गर्ने भएको छ।