सन्धिखर्कमा विपन्न र दलित महिलाहरुको हाते झोला बुनाई ७ दिने तालिम सम्पन्न

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा विपन्न र दलित महिलाहरुलाई हाते झोला बुनाई सम्बन्धि ७ दिने तालिम आज सम्पन्न भएको छ । 
  ७ दिन सम्म चलेको तालिममा ४० जना महिलाहरुको सहभागिता रहेको थियो । तालिमको समापन समारोहमा मन्तब्य राख्दै सन्धिखर्क नगरपालिकाका नगर उप प्रमुख ठाकुर कुमार विकले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्नु पर्ने बताउनु भयो । उहाँले गर्न उद्यम गरेर स्वरोजगार बन्न खोज्ने हरुलाई नगरपालिकाले सहयोग गर्ने बताउनु भएको छ । 
   तालिमको समापन समारोहमा सन्धिखर्क नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत युगल नारायण बस्याल, शाखा अधिकृत मञ्जु खनाल, वडा अध्यक्ष देववबहादुर रायमाझि, कार्यपालिका सदस्य रुपा बिक, मानबहादुर सुनार, सहकारी शाखा प्रमुख जिवनारायण आचार्य, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य , पत्रकार रुद्रमणी भुसाल लगायतको उपस्थिति रहेको थियो ।  
  कार्यक्रम सन्धिखर्क नगरपालिका महिला वालवालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख बेलकुमारी परियारको अध्यक्षता र तुलसा श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु