अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क -११ डिभर्नामा ओली पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियू अर्घाखाँचीको विद्यार्थी जागरण कार्याक्रम अन्तर्गत भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
भेलाले मनोज श्रेष्ठको अध्यक्षतामा ४९ सदस्यीय प्रारम्भिक कमिटी गठन गरिएको छ। जसको उपाध्यक्ष,सचीव ,सह-सचीव र कोषाध्यक्षमा क्रमश शोभा श्रेष्ठ,सोमा श्रेष्ठ,राजन आचार्य र मनिता श्रेष्ठ रहेका छन् ।
कार्यक्रम अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य बसन्त श्रेष्ठको प्रमुख आथित्यतामा र जिल्ला सचिवालय सदस्य एवं सन्धिखर्क नगर संयोजक गणेश खत्रीको अध्यक्षता र जिल्ला कमिटि सदस्य सन्तोष भट्टराईको सञ्चालनमा सम्पन्न भएको छ ।