अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा न्याय सम्पादनमा जनप्रतिनिधि र कर्मचारीकाे भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिकामा आज बिहीवार न्याय सम्पादनमा जनप्रतिनिधि र कर्मचारीकाे भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
सन्धिखर्क नगरपालिकाको न्यायीक समितिको आयोजनामा सम्पन्न भएको कार्यक्रममा सनिधखर्क नगरपालिकाका वडा अध्यक्ष, वडा सचिव तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जिल्ला न्यायधीस बासुदेव न्यौपानेले अदालतमा वडा कार्यलयबाट गर्नु पर्ने सिफारिस र न्यायीक समितिको कामका बारेमा प्रशिक्षण दिनु भएको थियो । न्यायीक समितिका संयोजक सन्धिखर्क नगर पालिकाका नगर उप प्रमुख ठाकुर कुमार बिकको अध्यक्षता र अधिकृत छैठौ जीवनारायण आचार्यको सञ्चालनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत युगल नारायण बसेल, वडा अध्यक्षहरु युवराज बन्जाडे, कृष्ण प्रसाद श्रेष्ठ, राजेन्द्र भुसाल, कृष्ण बहादुर आचार्य, इश्वरी प्रसाद भुसाल, देवीवहादुर रायमाझि, लक्ष्मीनारायण चुँदाली, ध्रुबराज आचार्य, नारायण खड्का , सन्धिखर्क ७ का कार्य बहाक अध्यक्ष विष्णु प्रसाद भुसाल, न्यायीक समितिका सदस्य आशा परियार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको समापन समारोहमा वडा अध्यक्ष कृष्ण बहादुर आचार्य, वडा सदस्य शुस्मा श्रेष्ठ, वडा सचिव धर्मराज भुसाल लगायतले मन्तब्य राख्नु भएको थियो ।