अर्घाखाँचीडट्कम संवाददाता
ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ढाकावाङमा अपाङ्गता परिचयपत्र वितरण शिविर कार्यक्रम सम्पन्न भएको छ ।
भूमिकास्थान नगरपालिकाकाे आयोजनामा आज मिति २०७७/११/१३ गतेको दिन भुमिकास्थान नगरपालिका वार्ड नं. १ र २ लाई लक्षित गरि अपाङ्गता परिचयपत्र वितरण शिविर सञ्चालन कार्यक्रम ढाकावाङ्ग स्वास्थ्य चौकीमा सम्पन्न भएको छ।
ढाकावाङमा भूमिकास्थान नगरपालिकाकाे आयोजनामा आज बिहीवार भुमिकास्थान नगरपालिका वार्ड नं. १ र २ लाई लक्षित गरि अपाङ्गता परिचयपत्र वितरण शिविर कार्यक्रम सम्पन्न भएको हो ।
ढाकावाङ्ग स्वास्थ्य चौकीमा सम्पन्न अपाङ्गता परिचयपत्र वितरण कार्यक्रममा नगर उप प्रमुख खडानन्द बेल्बासे, वार्ड १ वडाअध्यक्ष भोजराज खनाल र वार्ड २ वडाअध्यक्ष बुद्धि बहादुर थापा लगायतको उपस्थिती रहेको थियो ।