सहयोगी बि. सी.
चुत्राबेसी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं २ चुत्राबेसीको भक्तिटोलामा पहिलो पटक क्यारम बोर्ड प्रतियोगिता शुरु भएको छ ।
चुत्राबेसीको भक्तिटोलामा वार्ड नं २ को आर्थिक सहयोग र प्रगतिबजार टोल सुधार समितिको आयोजनामा आज शुक्रबारदेखि क्यारम बोर्ड प्रतियोगिता शुरु गरिएको हो ।
उक्त खेलको सन्धिखर्क नगरपालिका वार्ड नं२ का अध्यक्ष तथा पुर्ब जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष मोतिजंग रायमाझीले एक समारोहका बिच उदघाटन गर्नु भएको थियो ।
बिरलै आयोजना हुने सो खेलको उदघाटन गर्दै रायमाझीले खेल आयोजना बाट युबाहरुमा स्वस्थ ,अनुसाशन र नियममा बाँधिन सहयोग पुग्ने बिचार व्यक्त गर्दै वडाको भौतिक बिकास मात्र होइन युबाहरुलाई सृजनात्मक काममा समेत सरिक गराउनु वडाको उदेश्य रहेको बताउनु भयो।
सुधार समितिका उपाध्यक्ष चेत नारायण भुसालले खेलमा जसले जिते हारेपनी खेलको नियम अनुसार अनुशाशित रूपमा खेल सम्पन्न हुने कुरामा बिश्वास व्यक्त गर्नु भयो।
कोषाध्यक्ष पबित्रा सापकोटाले खेल आयोजना गर्न वडाले आर्थिक सहयोग गरेकोले वार्डलाई धन्यवाद दिनुभएको थियो ।
सो खेलमा २० टिमले भाग लिने भएका छन।खेलको सम्पुर्ण ब्यबस्थापन बोमकाजी घर्तिमगरले गर्नु भएको छ।